काठमाडौं उपत्यकाका प्रजिअको बैठक बस्दै, निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं उपत्यकाका प्रजिअको बैठक बस्दै, निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे निर्णय गर्न आज उपत्यकाका ती प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। बैठक ३ बजे बस्दैछ।

काठमाडौंका कालिप्रसाद पराजुली, भक्तपुरका प्रेम प्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौलाको संयुक्त बैठक आज बस्न लागको हो। बैठकले निषेधाज्ञा थप गर्ने वा मोडालिटी परिवर्तन गर्दै अघि बढ्ने बारे निर्णय गर्ने बताइएको छ।

कोरोना संक्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू छन्। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन्। पटकपटक गरी जेठ २० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ।