कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीद्वारा आत्महत्या

कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीद्वारा आत्महत्या

अमरगढी  । डडेल्धुरा अस्पतालमा कोरोना संक्रमणको उपचारत श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । डडेल्धुरा अस्पताल डडेल्धुरामा कोरोनाको उपचार गराइरहेको बाजुरा जिल्लाका सुरेश कठायतको मुत्यु भएपछि उनकी श्रीमती सरिताले अस्पताल नजिकैको जङ्गलमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

बाजुरोको छेडेदह गाउँपालिका वडा नं।७ का २८ वर्षीय सुरेशलाई थप उपचारका लागि जेठ २ गते डडेल्धुरा अस्पताल ल्याइएको थियो । शनिबार उपचारको क्रममा सुरेशको मृत्यु भएपछि कुरुवा वस्न आएकी श्रीमतीले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

चिकित्सकले मृत घोषणा गर्नुपुवै नै आईसियु कक्षबाट विहानै बेपत्ता भएकी उनलाई बेलुका ५ बजेतिर अस्पताल नजिकै रहेको जङ्गलमा मृत अवस्थामा फेला पारेको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए । उनले भने लामो समयको प्रेम सम्बन्ध पश्चात गत मङ्सिरमा विवाह भएको र पतिवियोगको पीडा सहन नसकी आत्महत्या गरेको हुन सक्छ ।

शवको पोष्टमार्टम गरेर आफ्न्तको जिम्मा लगाएको र कोरोना सङ्क्रमणबाट मृत्यु भएका श्रीमान र आत्महत्या गरेकी श्रीमती दुवै जनाको शव आफ्न्तले बुझेर लगेको अस्पताल स्रोतले बताएको छ ।