संवैधानिक इजलासमा रहेका अर्का न्यायाधीशमाथि पनि उठ्यो प्रश्न

संवैधानिक इजलासमा रहेका अर्का न्यायाधीशमाथि पनि उठ्यो प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्धको रिटमा भइरहेको सुनुवाइका क्रममा वकिलहरुले अर्का न्यायाधीश तेजबहादुर केसीमाथि पनि प्रश्न उठाएका छन्।

केसी नेकपा विभाजनको मुद्दा पुनरावलोकनमा संलग्न थिए। यस अघि ऋषि कट्टेलको नेकपा नामको मुद्दामा फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठेको थियो। आज पनि अधिवक्ता गोबिन्द बन्दीले सुरुमै न्यायाधीश श्रेष्ठमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले लिखत माग गरेका छन्।

बहसको क्रममा गोबिन्द बन्दीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले त्यो फैसलामा राइट र रंग भन्ने किन वहस गर्नु हुन्छ भन्दै प्रश्न गरे। 'फैसलामा तपाई प्रश्न गर्न पाउनु हुन्न, के भयो त्यसपछि त्यो भन्नुस्', उनले थपे।

बमकुमार श्रेष्ठ श्रीमान् कै फैसलाका कारण आज नेकपा विभाजित बनेको उनले बताए। 'तेजबहादुर केसी र बमकुमार श्रेष्ठ श्रीमान् बस्न मिल्दैन। उहाँहरुलाई हाम्रो अनुरोध पनि हो, दुई जना न्यायाधीश बस्दा राम्रो की नबस्दा राम्रो हुन्छ विचार गरियोस्' बन्दीले भने।