काठमाडौं । सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ।
शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
यस्तो कर्जाका ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताए। त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निस्शुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए।