आज किन गर्दैछन् प्रधानमन्त्रीले सम्बोधन ?

आज किन गर्दैछन् प्रधानमन्त्रीले सम्बोधन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्ने भएका छन्। शुक्रवार अपरान्ह सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

जेठ १५ गते आउने बजेटको अघिल्लो दिन ओलीले सम्बोधन गर्न लागेका हुन्। ओलीले प्रतिनिधिसभा जेठ ८ गते विघटन गरेसँगै यस पटक अध्यादेश मार्फत् बजेट ल्याउने तयारी भइरहेको छ। उनको सचिवालयका अनुसार नीति तथा कार्यक्रम यस पटक नआउने भएकाले ओलीले सम्बोधन गर्न लागेका हुन्।

ओली निकट नेता तथा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले सरकारको अब कसरी अगाडि बढ्छ भन्नेबारेमा ओलीले सम्बोधन गर्ने बताए।

'सरकारले अब के गर्छरु कसरी अगाडि बढछ्रु भन्नेबारेमा उहाँले सम्बोधन गर्न लाग्नुभएको हो,' उनले भने।
प्रतिनिधिसभामा ओलीले वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेकी थिइन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दाबी गरे पनि राष्ट्रपतिले नियुक्त नगरेपछि ओलीले संसद विघटनको सिफारिस गरेका थिए।

संसद विघटनपछि राजनीतिक किचलो बढेको छ। नेकपा एमालेको ओली र वरिष्ठ नेताहरु माधवकुमार नेपाल-झलनाथ खनाल समूह राजनीतिक रुपमा विभाजित भएका छन्। आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनको विषयलाई लिएर सुनुवाई हुँदैछ।