बजेटको पूर्वसन्ध्यामा आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

बजेटको पूर्वसन्ध्यामा आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।

आज अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम  रहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्राप्त जानकारीअनुसार सरकारका प्राथमिकताहरु, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन हुनेछ। 

संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेश मार्फत् बजेट आउँदैछ।