यी तीन देशको हवाई उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

यी तीन देशको हवाई उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले तीन वटा देशको हवाई उडान खुला गर्ने भएको छ। बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले चीन टर्की र कतारका लागि सातामा एक दिन नियमित उडान जेठ १८ गतेदेखि खोल्ने निर्णय गरेको हो। 

बिहीबार साँझ बसेको बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

निषेधाज्ञा लगाएपछि सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।