उपेन्द्र यादव पक्षलाई कारवाही गर्न महन्थ ठाकुरले कार्यकारिणी समितिको आकस्मिक बैठक बोलाए

उपेन्द्र यादव पक्षलाई कारवाही गर्न महन्थ ठाकुरले कार्यकारिणी समितिको आकस्मिक बैठक बोलाए

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूपक्षीय कार्यकारिणी समितिको बैठकबाट ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले पनि आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । अहिले बबरमहलमा बैठक बसिरहेको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने-नहुने, अध्यक्ष उपेन्द्र यादव पक्षले गरेका निर्णय र उनी पक्षलाई कारबाही गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।

ठाकुरले जेठ ७ गते एक विज्ञप्ति जारी गरी कार्यकारिणी समितिको बैठक स्थगित भएको जानकारी गराएका थिए । त्यही दिन अध्यक्ष उपेन्द्र यादवले पनि विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको जानकारी गराएका थिए । 


त्यसअघि महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त हस्ताक्षरबाट जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको थियो ।  तर ठाकुरले जेठ ७ गते अचानक विज्ञप्ति जारी गरेर स्थगित गरेका थिए । 

यही विवादका बीच उपेन्द्र यादवको अध्यक्षतामा हिजो कार्यकारिणी समितिको बैठक सामाखुसीको एक पार्टी प्यालेसमा बसेको थियो । सो बैठकबाट महन्थ ठाकुरलगायतका नेतालाई कारवाही गरेको थियो ।