संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने


संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन सोमबार सर्वोच्च अदालत जाने भएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने मागसहित विपक्षी गठबन्धन अदालत जाने भएको छ ।

विपक्षी गठबन्धनको बैठकले आइतबार समय नभएकाले सोमबार बिहान १० बजे सर्वोच्च जाने निष्कर्ष निकालेको हो ।  कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका छन् । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘आज भ्याइने भएन । हामी यही काममा जुटिरहेका छौँ । आज जान समय नपुग्ने भयो, भोलि जान्छौँ ।’

कांग्रेस सांसद रमेश लेखकले भने, ‘विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गर्न माग गर्दै रिट दायर गर्ने गरी अघि बढेका छौँ ।’