आज रिट दर्ता नहुने भन्दै सुरेन्द्र पाण्डेले गरेनन् हस्ताक्षर

आज रिट दर्ता नहुने भन्दै सुरेन्द्र पाण्डेले गरेनन् हस्ताक्षर

काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे प्रतिनिधि सभा विघटनविरुद्ध दायर गर्ने रिट प्रयोजनका लागि हस्ताक्षर संकलन कार्यक्रमबाट हस्ताक्षर नगरेर बाहिरिएका छन्। 

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरु हस्ताक्षर संकलनका लागि संसद् भवन नयाँ बानेश्वरमा जम्मा भएका थिए। तर, पाण्डे त्यहाँ पुगेपनि हस्ताक्षर नगरी बाहिरिएका हुन्। उनले नेता नेपाल र भीम रावलसँग छलफल गरेका थिए

उनले आइतबार रिट दर्ता नहुने जानकारी आएकाले आफू हस्ताक्षर नगरी हिँडेको प्रतिक्रिया दिए। तर, भोलि हस्ताक्षर गर्नुहुन्छ तरु भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन्।

उनले एमाले एकताको सन्दर्भमा दुवै पक्षले चाहने हो भने एकता हुने बताए।