एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल समूहलाई कारबाही गर्ने तयारी

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल समूहलाई कारबाही गर्ने तयारी

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । माधव नेपाल समूहका नेताहरुलाई आजको बैठकले कारबाही गर्न सक्ने स्रोतले बतायो । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गरेकी छन् । यो निर्णयको एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले विरोध गर्दै आएका छन् ।