मन्त्रिपरिषद् विस्तारको तयारीमा ओली, सर्वोच्चको आदेशपछि पद गुमाएका पूर्वमाओवादी नेताहरूलाई फेरि मन्त्री बनाउने

मन्त्रिपरिषद् विस्तारको तयारीमा ओली, सर्वोच्चको आदेशपछि पद गुमाएका पूर्वमाओवादी नेताहरूलाई फेरि मन्त्री बनाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । भर्खरै सर्वोच्चको आदेशपछि पद गुमाएका चार पूर्वमाओवादी नेताहरूलाई फेरि मन्त्री बनाउने ओलीले तयारी गरेका हुन्।

स्रोतका अनुसार संसद बिघटन बहेकाले अब मन्त्री बन्नका लागि संसद्को सदस्य नचाहिने हुनाले पूर्व माओवादीका ४ जना र केहि माधव नेपाल समुहका नेताहरूलाई मन्त्रीमा नियुक्ति गर्ने ओलीको तयारी छ।

स्रोतका अनुसार भर्खरै पद गुमाएका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखेराज भट्ट र प्रभु शाहलाई मन्त्रीमा नियुक्ति गर्ने तयारी छ। उनीहरूले कुन मन्त्रालय पाउने भन्ने ओलीले कसैलाई खुलाएका छैनन् ।

त्यस्तै माधव नेपाल समूह छाडेर ओलीलाई साथ् दिएका केहि नाताहरूलाई पनि मन्त्री बनाउने उनको तयारी छ तर नामबारे छलफल भैरहेको बालुवाटार स्रोतको दाबी छ ।