प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । ओलीले राती बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । सूचनामार्फत् सबै मन्त्रीहरुलाई आकस्मिक बैठक बस्नेबारे जानकारी गराइएको छ । हाल मन्त्रीहरु बालुवाटारमा आइसकेको स्रोतले बताएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषदको आकस्मिक बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री दावी गर्न दिएको समयभित्र ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गरेका छन् ।

देउवाले माओवादी, उपेन्द्र यादव पक्ष र माधव नेपाल समूहका सांसद सहित १४९ को दावी पेश गरेका छन् । उता, जसपाका सांसदसहित ओलीले १५३ संसदको समर्थन भएको दावी पेश गरेका छन् ।