ओलीलाई १५३ सांसदको समर्थन रहेको दाबी

ओलीलाई १५३ सांसदको समर्थन रहेको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी शर्मा ओलीले १ सय ५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेको बताएका छन्। 

उनले ट्वीट गर्दै संविधानको धारा ७६ (५) अनुसार एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ गरी १ सय ५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका जानकारी दिएका हुन्। 

उनका अनुसार दाबी पत्रमा जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन्। 

तर एमालेको माधव नेपाल पक्षका २७ सांसद र जसपाको उपेन्द्र यादवको पक्षबाट १० भन्दा बढी सांसदले शेरबहादुर देउवाको पक्षमा समर्थन गरेको दाबी गरिएको छ। विपक्षी गठबन्धनबाट देउवाले पनि आफूलाई १४९ सांसदको समर्थनसहित प्रधानमन्त्री दाबी पेश गर्दैछन्।