प्रधानमन्त्री ओली एकाएक शीतलनिवास पुगे

प्रधानमन्त्री ओली एकाएक शीतलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकाएक राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।
विपक्षी गठबन्धनले सरकारको दाबी सहित प्रधानमन्त्रीको दाबी गर्ने तयारी गरे संगै उनी एकाएक शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्रीले सरकारको दाबी गर्न पुगेको वा अन्य कामले पुगेको बारे खुलाइएको छैन । उनी केहीबेरअघि त्यहाँ पुगेको स्रोतले जनाएको छ । नपुगेको बारेमा भने केही बताइएको छैन ।

यता विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास जाँदैछन् । यस्तो अवस्थामा प्रधनमन्त्री त्यहाँ पुग्नुलाई अर्थपूर्ण मानिएको छ