राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा

राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउनुपर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको आव्हान गरेपछि थापाले महाअभियोग लगाउनुपर्ने बताएका हुन्।

दलहरुले सुझबुझका साथ राष्ट्रपतिले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुपर्ने उनको भनाइ छ।

‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? र जानेर गरेको हो। गनगन गरेर नबसौं,’ उनले भनेका छन्।