आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौं । भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ-ते’ को असरले देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू-भागको एक रदुई स्थानमा हल्का वर्षा भएको छ ।

वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।

उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।