दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज यात्रुबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बस सडकबाट तल खसेर दुर्घटना भएको हो। काठमाण्डौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बस दाउन्नेको खुर्सानि खोलाबाट सडकदेखि डेढ सय मिटर तल खसेको प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए ।

चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ ।