बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्‍यु

बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्‍यु

काठमाडौं । बाँकेमा विभिन्‍न अस्पतालमा उपचाररत थप ९ जनाको मृत्‍यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ८:४५ बजेसम्‍म यी संक्रमितहरुको मृत्‍यु भएको हो। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ४ जना र खुर्खेत, कपिलवस्तु, दाङ, बर्दिया र रूकुम पूर्वका १-१ जना छन् ।

यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका-१० बाँकेकी ६२ वर्षीया महिलाको सोमबार साँझ ७:४५ बजे, बाँकेकै खजुरा गाउँपालिका-२ का ८५ वर्षीय पुरूषको मंगलबार विहान ४:३० बजे, नेपालगञ्‍ज उपमहानगरपालिका-२ का ५१ वर्षीय पुरुषको मंगलबार विहान ८:३० बजे र नेपालगञ्‍ज उपमहानगरपालिका-१९ बाँकेका ५७ वर्षीय पुरूषको मंगलबार विहान ८:४५ बजे मृत्यु भएको छ ।

यस्तै गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ६८ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३:४५ बजे मृत्‍यु भएको छ भने शिवराज नगरपालिका-५, कपिलवस्तुका ३८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो ४:३० बजे मृत्‍यु भएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका-१३ दाङका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार राति ८ बजे मृत्‍यु भएको छ भने मधुवन नगरपालिका-७ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति ९:१५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत पुथा उत्तरगंगा गाउँपालिका-१० रूकुम पूर्वका ६० वर्षीय पुरूषको मंगलबार विहान ८:४० बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २४४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १९९ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।