बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण  बाँकेका दुई ठूला अस्पतालमा थप ८ जनाको मृत्यु भएको छ। गएरातिदेखि आज विहानसम्म थप आठ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

नेपालगन्जस्थित भेरी अस्पतालमा र मेडिकल कलेज कोहलपुरमामा गरि थप ८ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षीय पुरुष, भिमदत्त नगरपालिका–३ कन्चनपुरका ५५ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका– १० दाङकी ३८ वर्षीया महिला, मधुवन नगरपालिका–९ बर्दियाकी ७० वर्षीया महिला, पन्चपुरी नगरपालिका–६ सुर्खेतका ५९ वर्षीय पुरुष, बासगढि नगरपालिका–९ बर्दियाका ८० वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका– ६ बाँकेकी ४० वर्षीया महिला र कोहलपुर नगरपालिका–९ बाँकेका ४५ वर्षिया महिला रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्। 

कोरोनाका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३९ र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १ सय ९०  पुगेको फोकल पर्सन ओलीले जानकारी दिए।