आज ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

केही दिन यता नेपाली बजारमा क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि ह्वातै बढ्न गएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक ९०० रुपैयाँले वृद्धि भएर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य समेत आइतबार सामान्य वृद्धि भएको छ । 

गत शुक्रबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले वृद्धि हुँदै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।