‘नेपालको दु:ख देख्न सकेनौँ, फटाफट काम गरेर सिलिन्डर पठाउन सफल भयौँ’

‘नेपालको दु:ख देख्न सकेनौँ, फटाफट काम गरेर सिलिन्डर पठाउन सफल भयौँ’

काठमाडौं ।  ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताइन् ।

पराजुलीले भनिन्, ‘देशमा समस्या पर्दा हामी चुप लागेर बस्ने कुरा भएन, ओमानमा रहेको नेपाली 'सोसल क्बल' र दूतावासको पहलमा खाडीमा काम गर्ने नेपालीहरुले सहयोग जुटाउनुभयो र ४-५ दिनकै पहलमा हामीले सिलिन्डर नेपाल पठाउन सफल भयौँ ।’

राजदूत पराजुलीले खाडीमा पसिना बगाएर कमाएको पैसाले देशको लागि सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद दिइन् । थप के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल थालिएको पनि उनले बताइन्।