पछिल्लो २४ घन्टामा १ सय ८७ संक्रमितको मृत्यु, ८ हजार १६७ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा १ सय ८७ संक्रमितको मृत्यु, ८ हजार १६७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार सो अवधिमा मुलुकभर थप १ सय ८७ कोरोना संक्रमितको मृत्यु भएको छ  ।

आज ५ हजार ४५५ जना उपचारपछि निको भएका छन् ।