श्रीको जहाज यतिको जहाजसँग ठोक्कियो

श्रीको जहाज यतिको जहाजसँग ठोक्कियो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धले बताए ।जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।