बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा थप विभिन्न जिल्लाका ९ कोरोना संक्रमितको मृत्यु भएको छ। बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीकाअनुसार बर्दिया स्थित गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ।

भेरी अस्पतालमा उपचारको क्रमको उनको आज बिहान ८ बजे मृत्यु भएको हो। भेरी अस्पतालमा सल्यानका बनगाड कुभिन्डे-६ का ५० वर्षीय पुरुषको पनि उपचारको क्रममा आज बिहान ८: ३० बजे निधन भएको छ। त्यस्तै,भेरी अस्पतालमै बाँकेका ४९ वर्षीय महिलाको मृत्यु भएको छ।

सोही अस्पातालमा बाँके नेपालगञ्जका ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ६ :३० बजे मृत्यु भएको हो। बाँकेको मधुवन नगरपालिका-६ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको पनि भेरी अस्पतालमा आज बिहान ८ : ३० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए।

उनका अनुसार कैलालीका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। अर्का बाँके कोहलपुरका ३० वर्षीय महिलाको पनि मृत्यु भएको छ। त्यस्तै,बाँकेकै ४५ वर्षीय महिनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। बर्दियाका बढैयाताल गाउँपालिकाका ६५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा आज बिहान १० बजे उपचार हुँदै गर्दा निधन भएको छ।