बाँकेमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु

बाँके । कोरोना संक्रमणबाट बाँकेमा पछिल्लोपटक पाँचजनाको मृत्यु भएको छ। मृतकहरू तीन पुरूष र दुई महिला रहेका छन्। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-१४ की ३८ वर्षीय महिला रहेकी छन्। उनको भेरी अस्पतालमा शनिबार बिहान ६:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। भारतमा वैशाख १४ गते कोरोना पुष्टि भएकी उनी १६ गते अस्पताल भर्ना भएकी थिइन्।

यस्तै‚ नेपालगञ्ज-१० की ३८ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान साढे ४ बजे मृत्यु भएको छ। वैशाख १२ गते कोरोना पुष्टि भएपछि उनी १३ गते मेडिकल कलेजको अस्पतालमा भर्ना भएकी थिइन्।

भेरी अस्पतालमा नेपालजञ्ज-१२ का ६७ वर्षीय पुरूषको शुक्रबार दिउँसो ४:४५ बजे मृत्यु भएको छ। उनमा शुक्रबार कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएको जनाइएको छ। बर्दियाको बढैयाताल-७ का ५२ वर्षीय पुरुषको शुक्रबार बेलुकी सोही अस्पतालमा मृत्यु भएको छ। वैशाख २३ गते कोरोना पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए।

यस्तै‚ नेपालगञ्ज-१ का ६४ वर्षीय पुरुष शुक्रबार राति उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख २० गते कोरोना पुष्टि भएका उनी २१ गते अस्पताल भर्ना भएका थिए।

पछिल्लो पटक मृत्यु भएकासँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७४ पुगेको छ। बाहिरी जिल्लाबाट उपचारमा आएर बाँकेको अस्पतालमा मृत्यु हुनेको संख्या १३१ पुगेको छ।