चार सांसदको कोरोना रिपोर्ट पोजेटिभ

चार सांसदको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं । २७ गते बोलाइएको प्रतिनिधिसभा बैठकका लागि गरिएको कोरोना परीक्षणमा चारजना सांसदको रिपोर्ट पोजेटिभ आएको छ ।

संसद् सचिवालयले दिएको जानकारीअनुसार चारजना सांसद र दु्ईजना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संसद् सचिवालयका अनुसार सांसद, कर्मचारी, सुरक्षाकर्मीलगायत गरी ६ सय बढीको स्वाब संकलन गरिएको थियो ।