आठ हजार ६५९ मा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

आठ हजार ६५९ मा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।