नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट पुरुष खेलाडीको घोषणाको लागि नेपालका कुशल भुर्तेल तथा पाकिस्तानका बाबर आजम र फखर जमानको नाम सार्वजनिक गरेको हो । 

गएको महिना नेपालमै भएको त्रिदेशीय टी–ट्वेन्टी श्रृङ्खलामा कुशल भुर्तेलले डेब्यु खेलसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका थिए ।

कुशलले नेदरल्याण्ड्सँगको खेलमा ६२, मलेसियासँगको खेलमा ६१ र नेदरल्याण्ड्सँगकै खेलमा ६२ रन बनाउँदै कीर्तिमान बनाएका थिए । यस्तै पाकिस्तानका बाबर फखरले दक्षिण अफ्रिकासँगको एकदिवसीय र टी–ट्वेन्टीमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।