प्रादेशिक अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

प्रादेशिक अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना  कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो पटक मृत्यु हुनेमा  धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नम्बर १३ का २२ वर्षीय  छन्।

महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। यसैगरी दार्चुलाको मालिकार्जुन गाउँंपालिका –८ का ६६ वर्षीय पुरुषको अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजे मृत्यु भएको छ। ती पुरुषको एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुषको  अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएका ती पुरुषको आज बिहान ३ बजेका समयमा मृत्यु भएको हो।

बझाङका २६ वर्षीय पुरुषको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजे मृत्यु भएको छ। उनको वैशाख १४ गते एन्टिजेनबाट जाँच गर्दा रिपोेर्ट पोजेटिभ आएको थियो। 

सेती अस्पतालमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पिसिआर रिपोर्ट पोजेटिभ आएकामा राति २ बजेका समयमा उपचारका क्रममा उनको मृत्यु भएको  प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए।