आज मध्यरातीदेखि आन्तरिक उडान बन्द हुने भएपछि यात्रुको चाप, उडान संख्या थपिएन

आज मध्यरातीदेखि आन्तरिक उडान बन्द हुने भएपछि यात्रुको चाप, उडान संख्या थपिएन

काठमाडौं । आज मध्यरातीदेखि आन्तरिक उडान नहुने भएपछि सामेबार यात्रुको चाप बढेको छ । यात्रुको चाप बढे पनि उडान भने थपिएको छैन । 

यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आजरातिदेखि उडान नहुने सरकारको निर्णयपछि माग बढेको बताए । तर, माग बढेपनि उडान संख्या भने थपिएको छैन । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विमानस्थलले माग अनुसारको उडान संख्या व्यवस्थापन गरे यात्रुका लागि सहज हुने उनले बताए । यतिले सोमबारका लागि १० वटा उडान संख्या पाएको छ ।

यस्तै बुद्ध एयरको २० वटा उडान गर्नेछ । आइतबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसँग हवाई सेवा प्रदायकहरुले प्रत्येक घण्टा ३ वटा मात्रै उडान गर्ने र उडान सेवा निरन्तर राख्ने सहमति गरेका थिए । आइतबारै मन्त्रिपरिषदले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई सेवा बन्द गर्ने निर्णय गरेपछि यात्रुको संख्या  बढेको विमान सेवा प्रदायकले बताएका छन् ।