झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर,नर्भिक अस्पतालमा सारियो

झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर,नर्भिक अस्पतालमा सारियो

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । थापाथलीस्थित नर्भिक अस्पतालले समेत उनलाई अक्सिजन दिएर उपचार सुरू गरिएको बताएको छ ।

मनमोहन मेमोरियल अस्पतालमा मृगौलाको उपचार गराइरहेका खनाललाई कोरोना संक्रमणपछि अवस्था जटिल बन्दै गएकाले नर्भिक अस्पतालमा सारिएको थियो ।

उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई उनी शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ भने बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।