आज दिनभरि चट्याङ्गसहित पानी पर्ने सम्भावना

आज दिनभरि चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाडौं । देशका धेरै ठाउँमा पानी परेको छ । राति प्रदेश-१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद् समिर श्रेष्ठले बताए ।

अहिले पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरिनै मौसम बद्ली हुने अनुमान छ । आज पानी रोकिँदै पर्ने मौसमविद् श्रेष्ठले बताए । आज दिउँसो वाग्मती र गण्डकी प्रदेश लगायत केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

रातिको मौसम पनि यस्तै रहने अनुमान छ । भोलि पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।