बाँकेमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप आठ जना जनाको मृत्यु भएको छ। हिजो साँझबाट आज बिहानसम्म बाँकेमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए।  

मृत्यु हुनेमा बाँकेको खजुराका ६७ वर्षीय महिला, कैलाली लम्कीचुहाका ४३ वर्षीय पुरुष, बर्दियाका ३२ वर्षीय पुरुष, नेपालगञ्ज-१३ का ५८  वर्षीय पुरुष छन्। 

यस्तै नेपालगञ्ज-४ का ६० वर्षीय पुरुष, नेपालगन्ज-५ का ५५ वर्षीय पुरुष, नेपालगन्ज-९ का ४२ वर्षीय पुरुष र र कोहलपुर-११ की ४३ वर्षीय महिलाको मृत्यु भएको हो। यो सँगै कोरोनाबाट बाँकेका १०७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका ११० जनाको मृत्यु भएको छ।