आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।