आज थपिए ४५२४ जना कोरोना संक्रमित थप, १८ जनाको मृत्यु

आज थपिए ४५२४ जना कोरोना संक्रमित थप, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।