आमाको  हत्या गरेर  फरार भएका  छोरा  पक्राउ

आमाको  हत्या गरेर  फरार भएका  छोरा  पक्राउ


कपिलवस्तु प्रहरीले   एक  वर्ष अघि  आमाको  हत्या गरेर  फरार भएका  छोरालाई  पक्राउ  गरेको  छ ।

जिल्ला प्रहरी प्रमुख  एसपी नवराज  अधिकारीका अनुसार  २०७६ साल  कार्तिक  १६ गते  बिहान  कपिलवस्तु नगरपालिका -८ दोहनीका  २८ वर्षीय  सुरेन्द्र  कुर्मीले  आफ्नी  ५५ वर्षीय आमा  फुलमतीलाई  घरायसी  विवादका क्रममा   हत्या  गरेका  थिए  ।

आमाको  हत्या विरुद्ध  सोही  दिन  दिउँसो उनका  अर्का  छोरा  हेमराज  कुर्मीले   प्रहरीमा  किटानी  जाहेरी  दिएका  थिए । प्रहरीले  हालसम्म  फरार  कुर्मीलाई  आइतबार जिल्लाको बुद्धभूमि  नगरपालिका -५  चौरी भन्ने  स्थानबाट  पक्राउ गरि  अदालतमा पेश  गरिएको  र  ५ दिन म्याद  थप  गरि  अनुसन्धान थालिएको जनाएको छ ।