कोभिड त्रासः सेयर बजारमा पहिरो

कोभिड त्रासः सेयर बजारमा पहिरो

काठमाडौं । कोभिड नियन्त्रणको लागि ५०० भन्दा बढी सक्रिय संक्रमति भएको जिल्लामा निषेधाज्ञा गर्नसक्ने सीसीएमसीको निर्णयसँगै सोमबार सुरुवाती समयमा सेयर बजारमा पहिरो गएको छ ।

सोमबार कारोबार सुरु भएको १० मिनेटमा नै बजार परिसूचक नेप्सेमा ५०.५६ अंकको गिरावट आएको छ । बजारमा सबै उपसूचकमा गिरावट आउँदा नेप्से पनि ओरालो लागेको हो ।

कारोबार सुरु भएको १० मिनेटमा ३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा  करिब २६ करोडको करोबार करोबार भएको छ ।