कोरोनाको दोस्रो चरणको लहरमा बालबालिकामा जोखिम उच्च

कोरोनाको दोस्रो चरणको लहरमा बालबालिकामा जोखिम उच्च

काठमाडौं। नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएसँगै बालबालिकाहरुमा यसको जोखिम उच्च देखिएको छ ।
काठमाडौं उपत्यका सहित धादिङ बागलुङ काभ्रे लागायतको जिल्लाहरुमा बालबालिकाहरु उच्च जोखिममा देखिएको छ।

धादिङको नेत्रावती गाउपालिकामा गरिएको पछिल्लो परीक्षणको क्रममा १४ जना संक्रमित मध्य १० जना बालकालिका रहेका छन् । गत वर्ष देखि हाल सम्म २३ हजार १ सय ३७ बालबलिकाहरुमा संक्रमण पुष्टि भइसकेको छ । 

त्यस मध्य ४० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाको दोस्रो चरणको लहरमा बालबालिका उच्च जोखिममा देखिएकोले अभिवावकहरु थप सजग हुनु पर्ने आवश्यक देखिएको विज्ञहरुको सुझाव छ ।