आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुन प्रतितोला पाँच सयले घटेर ९१ हजार ७०० मा कारोबार भएको छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ । 

यता, बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार थोरै घटेर एक हजार ३२० मा कारोबार भएको छ ।