आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  सुनको मूल्य तोलामा आज २ सय रुपैयाँले बढेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य आज बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला ९१ हजार ७ सय पुगेको छ ।

त्यसै गरी आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।