‘प्लस सैलुन एण्ड मेकअप एकेडेमी’ सञ्चालनमा

‘प्लस सैलुन एण्ड मेकअप एकेडेमी’ सञ्चालनमा

काठमाडाैं । विगत १३ वर्षदेखि व्युटीपार्लर क्षेत्रमा कार्य गर्दै आएकी रिता सिलवालले आफ्नै स्वामित्वमा ‘प्लस सैलुन एण्ड मेकअप एकेडेमी’ सञ्चालनमा ल्याएकी छन् । कमलादीस्थित काठमाडौं प्लाजासँगै सिटी मलको छेउमा रहेको भवनको पहिलो तल्लामा एकेडेमी सञ्चालनमा ल्याएको छ ।   

एकेडेमीको उद्घाटन सांसद तथा सञ्चारकर्मी कोमल वलीले गरेकी छन् । उद्घाटन कार्यक्रममा सांसद वलीले भनिन्, ‘महिलालाई उद्यमी बनाउन अभिप्रेरित गर्ने हेतुले म स्वयं यहाँ उपस्थित भएँ । यस्तो खालको व्यवसायले रोजगारी समेत प्रदान गरेर राज्यलाई ठूलो सहयोग गर्नेछ ।’

सरकारले महिला उद्यमीलाई विशेष प्राथमिकतामा राखेको सांसद वलीले बताइन् । कार्यक्रममा बोल्दै एकेडेमीकी सञ्चालिका रिता सिलवालले पारिवारिक वातावरणमा सेवा प्रवाह गर्ने बताइन् । ‘ग्राहक आउँदा उहाँहरूमा केही समस्या छ कि छैन, त्यो सबै चेक गरेर मात्र सर्भिस दिइने छ,’ उनले भनिन्, ‘हाम्रो पहिलो दायित्व नै ग्राहकको सन्तुष्टि हो । शुरूआतमा ६ जना स्टाफबाट सर्भिस दिने र आवश्यकताको आधारमा थप्दै जानेछौं । हाम्रो सेवा गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।’