आज फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । हिजो तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको छ । चाँदी हिजो १ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।