आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । 

हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ ९० हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

अस्ति तोलामा सुनको भाउ ९० हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।