रू रू जलविद्युतको आइपिओ बाँडफाँड

रू रू जलविद्युतको आइपिओ बाँडफाँड

काठमाडौं।  रू रू जलविद्युत परियोजनाको आइपिओ बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। कम्पनीले गत चैत २० देखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुलाइ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता शेयर मात्रै वितरण गरिएको हो।

आइपिओको नतिजा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मेरो शेयरबाट हेर्न सकिने छ।