वर्षको अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट

वर्षको अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट

काठमाडाैं । २०७७ सालको अन्तिम दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ।  

यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।