ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि वृद्धि आएको छ । सुनको मूल्य तोलामा रु ९ सयले बढेको हो । हिजो  छापावाला सुनको मुल्य प्रतितोला रु ८९ हजार थियो भने आज रु ९ सयले बढेर प्रतितोला रु ८९ हजार ९ सय कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८९ हजार ४ सय ५० कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२८० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।