ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।

हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।