आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडाैं । मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।