घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलाको १२ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।